बिर्तामोड , साउन १५ । बिर्तामोड नगर क्षेत्रमा रहेर बिभिन्न ब्यवसायमा आवद्ध ब्यवसायीहरुको एक भेलाले सुबास त्रीखत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।


नौमति सगुन समाज नामकरण गरिएको उक्त संस्थामा आवद्ध सदस्य तथा परिवारको एकता , सद्भाव एवम् सहकार्य गर्ने उद्धेश्य रहेको बताइएको छ । नवगठित संस्थाको वरिष्ठ उपाध्यक्ष पदम दर्नाल , महासचिव महेन्द्र दास , उपाध्यक्ष राजकुमार शिवा , सचिव देविन्द्र रनपहेंली , कोषाध्यक्ष रोशन नेपाली , सहकोषाध्यक्ष पर्मिला पोखरेल चयन भएका छन् । यसरी नै सदस्यहरुमा रेवती रनपहेंली , काजीमान ठटाल , दिनेश दास र बिजयरत्न रहेका छन् ।

समाजका अग्रज टिकाराम शिवाको अध्यक्षतामा सम्पन्न भेलाले समाजको संरक्षकमा टिकाराम शिवा र प्रमुख सल्लाहकारमा वीरबहादुर दर्नाल रहेको संस्थाका महासचिव दासले बताए ।

ब्यवसायीहरुको क्षमता अभिवृद्धि गरी ब्यवसायलाई स्थायित्व गर्ने र समाजका सदस्यबिच एकता र सद्भाव विकास गर्न संस्थाको गठन गरिएको अध्यक्ष त्रीखत्रीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्