झापा , साउन १६ । नेपालबाट भारततर्फ भन्सार छलि गरी लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

हिजोे बिभिन्न समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलि गरी लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु.१ लाख ८९ हजार ४५० बराबरको अवैध सामान बरामद गरेको हो ।

सो टोलीले मेचीनगर नगरपालिका वडा न.६ जेसिकाठ्याक हुँदै नेपालबाट भारततर्फ लाँदै गरेको लाईटर १० काटुन, हनुमान मन्दिरमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका किराना सामान, भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ के.जी. चिनी, ६ के.जी सुपारी, १० के.जी. मटरलगायतका अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका ती सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्