बिर्तामोड , साउन १६ । झापाको बिर्तामोडमा रहेको कन्काई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ ।

आज दिउँसो ४ बजे कन्काई अस्पतालको क्यान्टिनमा रहेको ग्यास सिलिन्डर अचानक पड्किएर आगलागी भएको हो । आगलागीबाट सोही क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीया सिता धमला घाइते भएकी छन् । दुबै खुट्टामा सामान्य जलि घाइते धमलाको सोही अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान, एउटा सिलिन्डर र एउटा र्याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ । प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा fire extinguisher र पानी प्रयोग गरी आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्