झापा, साउन १६ । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् ।

बिर्तामोड ७ निवासी पत्रकार नेतीले आफ्नी श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतबश हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको नेतीले बताए । उनीबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको नेतीले जानकारी दिए । त्यसबारे बैंकका प्रवन्धक गणेशबहादुर बरालसंग बुझ्दा नेतीले ब्यक्तिगत उजुरी हालेको बताउँदै बैंकले पनि केन्द्रमा छानबिन समिति बनाएको जानकारी दिएका छन् ।


नेती र बैंकका मार्केटिङ म्यानेजर सिटौलाबिच पहिलादेखि नै ब्यक्तिगत सम्बन्ध रहेको थियो । गायब गरिएको उक्त रकम फिर्ता गरिदिन ब्यक्तिगत रुपमा समेत कुराकानी भएको थियो । नेतीको मम फ्याक्ट्रीमा हिजो दुवैबीच कुराकानी भएको थियो । केही छिनमा आउँछु भन्दै आफ्नो ब्याग त्यही छाडी सिटौला फरार भएको नेतीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्