झापा, साउन १६ । लागूऔषधसहित झापा दमकका थप दुई युवा पक्राउ परेका छन् ।

आज साँझ ५.२० बजे भद्रपुर नगरपालिका वडा न.५ मेची पुलस्थित अस्थाई प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका प्र.१–०१–०१२ प.४२७७ नम्बरको स्कुटी चालक दमक नगरपालिका वडा न. ९ बस्ने अन्दाजी २५ वर्षीय संजय लावती र स्कुटीमा पछाडी सवार दमक वडा न.१० बस्ने अन्दाजी २८ वर्षीय काजिमान गुरुङलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए । हिजो मात्र झापा गाउँपालिकामा दमकका तीन युवा लागूऔषधसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्