झापा, साउन १७ । लागूऔषधको ‘हब’ बन्दै गएको झापाको बिर्तामोडमा लागूऔषधसहित तीन युवा पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा न. १ बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने २४ वर्षीय अनिष चौधरी, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा धिरज राईको साथबाट प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान, लेबल बिनाको एम्पुल १ थान, सुरज राईको साथबाट प्लास्टिकसहित १ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, ४ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको नाइट्राभेट कम्पनीको ट्याव्लेट १ पत्ता र अनिष चौधरीको साथबाट चाँदी जस्तो देखिने चम्ची १ थान फेला परेको थियो ।

तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्