झापा, साउन १७ । झापा गाउँपालिकास्थित सीमा क्षेत्रबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय कारोबारी पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे झापा गाउँपालिका वडा न. ४ टाँघनडुब्बास्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित २० ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्