झापा,साउन १७ । फालेलुङ ५ का दीप राई खेदोक खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । विद्यालय जान भनेर घरबाट हिँडेका ११ वर्षीय राई बिहीबार मृत अवस्थामा भेटेका हुन् ।

स्थानीय बालकृष्ण राईका छोरा दीप कालिका मावि कक्षा ६ मा अध्ययनरत थिए । राईको सर्ट र स्कुल ब्याग नदी किनारमा सुरक्षित भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीलाल साहले बताए ।
उनका अनुसार खोलामा तैरिरहेका दीपलाई स्थानीयले भेटेर बाहिर निकाल्दा मृत्यु भइसकेको बुझेपछि प्रहरी चौकी प्राङबुङमा खबर गरेका थिए । त्यहाँबाट गएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जनाइएको छ ।

राईको मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको पनि प्रहरी निरीक्षक साहको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्