झापा,साउन १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ ।

जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।

कुनै विदेशी मुलुकको स्थायी आवासीयपत्र नलिएको स्वघोषणा गरेकाले मात्र निवेदन गर्न सक्ने छन् । बोर्डका अध्यक्ष भुवन केसीको साउन ९ गते कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्