झापा,साउन १७ । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ। काठमाडौंमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोख्रेलले बताए।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्यमा पनि दुई जना मनोनीत गरेको छ। जसमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोख्रेलले बताए।

त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ। बैठकले प्रमुख सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको हो। महासचिव पोख्रेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन्।

त्यस्तै चितवनका कृष्णभक्त पोख्रेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे लगायत रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्