झापा,साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।

दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

दुई बिषय सम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन् । परीक्षामा ५ हजार ६ सय ३२ विद्यार्थी सबै बिषयमा अनुपस्थित थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्