झापा, साउन १८ । नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम शुक्रबार घोषणा गरेको छ । त्यसमा झापाका ६ जना परेका छन् ।

झापाबाट पुष्प पोख्रेल, निलमणि बराल,चन्द्रा श्रेष्ठ, भाष्कर काफ्ले,अशेष घिमिरे र सविता भेटवाल केन्द्रीय सदस्य चयन भएका हुन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको हो ।

यसअघि असार १६ देखि २० सम्म काठमाडौंमा भएको दशौं महाधिवशेनले ९३ जनाको नाम घोषणा गरेको थियो । प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले शुक्रबार थप २५१ सहित ३४४ केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेको जानकारी दिएका छन् ।

महाधिवशेनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई अनुमोदन गरे पनि अन्य पदाधिकारी चयन गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्