झापा, साउन १९ । लागूऔषधसहित एकजना भुटानी शरणार्थी महिला पक्राउ परेकी छन् ।

हिजो साँझ ७ः३० बजे दमक नगरपालिका वडा न. ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमिला गुरुङ लागूऔषधसहित पक्राउ परेकी हुन् । उनले अवैध रुपमा लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघखोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्