झापा, साउन १९ । लागूऔषधसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. १० बस्ने २९ वर्षीय राजिव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिम रहेका छन् ।

गएराति ९.५५ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ मे १० प १३३८ नम्वरको मोटरसाइकलमा आउँदै गरेका चालक साह र पछाडी सवार अजिमलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्