झापा, साउन १९ । मोरङको बूढीगंगा गाउँपालिका– २ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १६ बर्षीय आकाश ऋषिदेव रहेका छन् । हिजो दिउँसो साढे ११ बजे आफ्नै घरनजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्