झापा,साउन १९ । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो ।

भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो।

नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो ।

यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ।

उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्