झापा, साउन १९ । नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ।

काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा नेपालले भारतलाई स्तब्ध पारेको हो।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भारतविरुद्ध भएको खेलमा ३–२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो।

पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिँदै २५–१७ ले सहजै जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो। पाँचौ सेटमा १५–१३ को जित निकाल्यो। योजितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्