बिर्तामोड ,साउन २० । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संगठन(पीपीएलए) झापाको अधिवेशनले पुनः चित्रबहादुर मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बिर्तामोडमा सम्पन्न संगठनको चौथो अधिवेशनले मगरलाई जिल्ला अध्यक्षमा पुनः चयन गरेको हो । त्यस्तै संगठनको जिल्ला उपाध्यक्षमा दिपेन्द्र भट्टराई, सचिवमा देवेन्द्र भण्डारी,महिला सचिवमा कविता शर्मा र कोषाध्यक्षमा दिपककुमार निरौला चयन भएको अधिवक्ता तथा संगठनकी केन्द्रीय सदस्य हेमकला कट्टेलले जानकारी दिइन् । यसैगरी सदस्यहरुमा नारायण चौलागाई,डिल्ली राजवंशी,अर्जुनकुमार बस्नेत, चुडामणी पराजुली, कोपिला अधिकारी र नरेश खाती चयन भएका छन् ।

नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्य तथा संगठनका अध्यक्ष मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अधिवक्ता तथा एमाले केन्द्रीय निर्वाचन समिति सदस्य टंक उप्रेती , अधिवक्ता तथा बुद्धिजीवी परिषद झापाका अध्यक्ष गजेन्द्र आचार्य, नेपाल वार एसोसिएसन झापाका अध्यक्ष नारायण भट्टराई,नेपाली काग्रेसनिकट प्रजातान्त्रिक कानुन ब्यवसायी संगठन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी,नेकपा माओवादीनिकट गणतान्त्रिक कानुन ब्यवसायी संगठन झापाका अध्यक्ष नरबहादुर लिङ्देन,मानव अधिकार एलायन्स झापाकी अध्यक्ष प्रेमा भट्टराई र अखिल नेपाल महिला संगठन झापाकी उपाध्यक्ष रेनुका डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्