झापा, साउन २२ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ ।

नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो ।
राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३–२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो ।नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ ।

भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगमा नेपालले भारतलाई ३–१ सेटमा पराजित गरेको थियो । भारतमाथि नेपालको यो अहिलेसम्मकै पहिलो विजय थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्