बिर्तामोड , साउन २२ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै व्यानर टांगेको छ ।

बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियोे । ३३ धुर जग्गामा बनेको अढाई तले घर बैंकमा राखेर पोद्धारले ८ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण नतिरेपछि भर्खरै बैंकले लिलामी गरेको हो ।

अभियानका ऋण एसोसिएसन केन्द्रीय सचिवालयका संयोजक देवीप्रसाद संग्रौलाको अगुवाईमा गएको समूहले नारा जुलुससहित अभियानको व्यानर टांगेको छ । केही दिनभित्र बिर्तामोडका करिव १५ वटा घर लिलामी हुन लागेको र ती घरहरु आफूले कव्जा गर्ने संग्रौलाले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्