झापा, साउन २३ । लागूऔषधसहित बिर्तामोडका दुई युवायुवती पक्राउ परेका छन् ।

हिजो साँझ ६.३० बजे कन्काई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय भुपेन्द्रसिंह राजवंशी र वडा नं १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा आशिका नेम्वाङ लिम्बूको साथबाट प्लाष्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्