झापा,साउन २३ । मोरङको धनपालथानमा सडकमा रोकेर राखेको ट्याक्टरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
विराटनगर–रंगेली सडकखण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा पछाडिबाट बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल साँझ ७ः४५ बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्