झापा , साउन २३ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ ।

शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने, ‘हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ ।’ उनले आफूहरू पनि त्यता जान लागेको बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । पण्डितका अनुसार हेलिकप्टर १ बजेर ३० मिनेटमा चिनियाँ पर्यटक लिएर स्याफ्रबेंसी उडेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्