झापा,साउन २३ । झापा भद्रपुरमा रहेको मेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।

पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई तीव्रता दिँदै हरित वडा बनाउने लक्ष्य लिएका छन् । वडा नम्बर ८ मा पर्ने रंगशालामा आज एक कार्यक्रमका बीच विभिन्न प्रजातिका बिरुवा रोपिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।

बृक्षारोपण कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक कविन्द्र राई, डिएसपी कृष्ण चन्द, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत गोल्डकपका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्