झापा , साउन २३ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ डाँडागाउँमा अजिङ्गर फेला परेको छ ।

स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिंगर भेटिएको हो । अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय चन्द्रगढीको टोलीले उद्धार गरी अन्दाजी १० केजी तौल र करिव २ मिटर लम्बाईको सो अजिङ्गरलाई सुन्दर निचाझोडा सिमसारमा लगेर छोडिएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् ।

यसअघि साउन २ गते भद्रपुर नगरपालिका वडा न. ९ सिम्रिभिट्टा बस्ने प्रकाश जनक शाहीको गाईगोठमा अजिङ्गर सर्प भेटिएको थियो । योसहित यस आर्थिक वर्षमा झापामा दुईवटा अजिङ्गगर फेला परिसकेको छ । गत आर्थिक वर्षमा १८ वटा अजिङ्गर फेला परेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्