झापा,साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ ।

भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी–३ को वडा कार्यालयपूर्व स्थानीय देवेन्द्र कन्दङवाको घरपश्चिम टिक बगानमा स्कुटर भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर–५ का २२ वर्षीय पुजन श्रेष्ठले अन्जना भण्डारी श्रेष्ठको नाममा रहेको प्रदेश १–०१–०१५ प–३४४८ नम्बरको स्कुटर भेलागुडी जंगलमा लुटेर लगेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

जलथल प्रहरी चौकीले स्कुटरको स्थलगत सर्जबिन गरेर स्कुटर जिल्ला प्रहरी कार्यालय झापा पठाएको जनाएको छ । स्कुटरको नम्बर प्लेट परिवर्तन गरेर चलाएको र उनीहरुको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ ।

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसँग ती व्यक्तिको त्यहीँ चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए ।

अपरान्ह ४ बजेतिर आफ्नो घरनजिकै रहेको र घर जाने काम प¥यो भनेर ती व्यक्तिले श्रेष्ठसँग लिफ्ट मागेका थिए ।

श्रेष्ठसँग चाबी मागेर आफैँ स्कुटर कुदाएका उनले भेलागुडी जंगलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्