झापा, साउन २५ । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ७ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको सिक्किम केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । जसको धक्का भारत , बंगलादेश , भूटान र चीनसम्म महसुस गरिएको छ । सिक्किमको सोरेङबाट २ किलोमिटर टाढा सो भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्