झापा,साउन २५ । गत चैत र जेठ महिनामा कोशी प्रदेशका १३७ वटै पालिकाका झण्डै साढे ५ सय कर्मचारीको सरुवालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सदर गरिदियो । प्रदेश सभाबाट स्थानीय सरकारी सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएर लागु भएसँगै पहिलो पटक यति धेरै कर्मचारीको सरुवा गरिएको हो ।

अहिले पनि सरुवा माग्ने कर्मचारीको संख्या उल्लेख्य छ । गत चैत र जेठमा सरुवा भएका ५५२ कर्मचारीमध्ये झापा, मोरङ र सुनसरीमा मात्रै ३५६ जना आएका छन् । तराईका तीन जिल्लामा १३५ जना कर्मचारीले सरुवा माग गरेका थिए । तीन जिल्लाबाट सरुवा लिएर पहाडी जिल्ला जानेको संख्या नभए पनि पहाडका ११ जिल्लाबाट झर्नेको थप संख्या २२१ जना रहेको तथ्याङ्कले देखाउँछ ।

यस्तै पहाडका ११ जिल्लाका ४१७ जनाले सरुवा माग गरेका थिए भने ती पहाडी जिल्लाका पालिकामा सरुवा भएर जाने कर्मचारीको संख्या भने १९६ मात्रै छ ।

अर्थात् सरुवा माग गर्ने ४१७ मध्ये २२१ जना कर्मचारी सुगम जिल्ला झापा, मोरङ र सुनसरी झरेको देखिन्छ । जसमा मोरङमा १४९, सुनसरीमा ९३ र झापामा ११४ जनाले सरुवा लिएर आएका छन् ।

यस्तै पहाडी जिल्ला ताप्लेजुङमा ४, सोलुखुम्बुमा ४, पाँचथरमा ९, तेह्रथुममा ११, संखुवासभामा १५, भोजपुरमा १६, ओखलढुङ्गामा २०, खोटाङमा २३, इलाममा २३ र उदयपुरमा ४६ जना कर्मचारीले सरुवा लिएर गएका छन् ।

तुलनात्मक रूपमा पहाडी जिल्लामा कर्मचारीको रोजाइमा उदयपुर, इलाम परेको देखिन्छ ।

राष्ट्रिय किताबखानाको तथ्याङ्क अनुसार कोशी प्रदेशमा १३७ वटा पालिकामा विभिन्न सेवा समूहका गरी ११ हजार २१६ कर्मचारीको दरबन्दी छ । उक्त दरबन्दी अनुसार सबै कर्मचारी आपूर्ति भने नभएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बताउँछ ।
स्थानीय सरकारी सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० लागु भएपछि दुई वर्ष अगाडि नै काम काजमा खटाएका कर्मचारीलाई त्यही पदस्थापना गरिएको मुख्यमन्त्री कार्यालय बताउँछ । ‘धेरैजसो कर्मचारीलाई दुई वर्ष अगाडि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम–काजमा खटाएको थियो । त्यसबेलाकै ८० प्रतिशत कर्मचारीलाई प्रदेश सरकारले पदस्थापना गराएको छ,’ मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिनेश ढुंगानाले भने ।

तर, झापा, मोरङ र सुनसरी केन्द्रित हुने ट्रेण्ड अहिलेजस्तै कायम रहे पहाडी जिल्लाका पालिकामा कर्मचारी खाली हुँदै जाने स्थिति देखिने कर्मचारी अधिकारीहरू बताउँछन् ।

राष्ट्रिय किताबखानाको तथ्याङ्क अनुसार कोशी प्रदेशमा १३७ वटा पालिकामा विभिन्न सेवा समूहका गरी ११ हजार २१६ कर्मचारीको दरबन्दी छ । उक्त दरबन्दी अनुसार सबै कर्मचारी आपूर्ति भने नभएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बताउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्