बिर्तामोड, साउन २५ । झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगु संक्रमण भएर उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।

विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । स्वास्थ्य कार्यालय झापाले भने डेंगुबाट मृत्यु भएको भनेर पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्