एजेन्सी । ब्राजिलको साओ पाउलोमा ६१ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमान रहेका ५७ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै पनि यात्रुलाई जीवित उद्धार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय कोही पनि घाइते नभएको रिपोर्ट आइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्