बिर्तामोड, साउन २६ । झापा हल्दिबारी ४ की  ४० वर्षीया  अनिता पौडेलको डेंगु संक्रमणबाट  मृत्यु भएको  पुष्टि भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासंगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा हिजो मृत्यु भएको थियो ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा उनी कार्यरत रहेकी थिइन् । झापामा यस वर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । गत वर्ष बीएण्डसी अस्पतालमै पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । करिव आधा दर्जन डेंगुका विरामीहरु बीएण्डसीमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्