झापा,साउन २६ । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।

२ वर्षसम्म लिभ इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गर्दै पोल चढेकी आरती रावललाई पनि प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्