कुमरखोद, साउन २६ । झापा गाउँपालिकामा रहेको एक निजी विद्यालयले शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि वेदा गुरु नाम गरेको एप प्रयोगमा ल्याएको छ ।

झापा गाउँपालिका वडा नं. २ सडकवारीमा संचालनमा रहेको सेन्ट जेवियर्स विद्यालयले वेदा गुरु नामको एप साउन महिनाबाट प्रयोगमा ल्याएको हो । उक्त एपबाट शिक्षक र अभिभावक दुवैले सुझावहरु राख्ने पाउने व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक फा.डा.जोमन जोश एस. जे. का अनुसार उक्त एपबाट अभिभावकले घरमै बसेर आफ्ना छोराछोरीले विद्यालयमा गरेको क्रियाकलापहरुको वारेमा थाहा पाउने छन् । यदि कुनै कारणवश विद्यार्थी विद्यालयमा अनुपस्थित भएमा उक्त एपको माध्यमबाट गृहकार्य गर्ने व्यवस्था समेत गरिएको छ । प्र.अ.एस.के.का अनुसार उक्त एप गुगलको प्ले स्टोरमा गएर वेदा गुरु सर्च गरेर डाउनलोड गर्न सकिने छ ।

उक्त एप प्रयोग गर्नका लागि विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विद्यालयले विद्यार्थीपिच्छे फरकफरक युजर आइडी र पासवर्ड उपलब्ध गराएको छ । उक्त एपमा गोपनीयतालाई ध्यानमा राखेर एकजना विद्यार्थीले गरेको क्रियाकलापको वारेमा अर्को विद्यार्थीलाई थाहा नहुने बताइएको छ । उक्त विद्यालयमा पाँचसय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्