झापा, साउन २७ । झापामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या घटेको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०–०८१ मा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या केही घटेको हो । झापा जिल्ला अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा सम्बन्ध विच्छेदका १२०१ वटा मुद्धा दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ८९ वटाले कम हो । अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा १२९० वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । अदालतका स्रेस्तेदार किरणकुमार सिंहले उपलव्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–०८० मा अघिल्लो आर्थिक वर्षबाट सरीआएका ४९८ र नयाँ दर्ता भएका १२९० वटा गरी जम्मा १७०७ वटा मुद्धाको लगत रहेको थियो । त्यसमध्ये १३०६ वटाको फैसला भएको छ भने ४०१ वटाको फैसला हुन बाँकी रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०८०–०८१ मा अघिल्लो वर्षबाट सरीआएका ४०१ र नयाँ दर्ता भएका १२०१ वटा गरी जम्मा १६०२ वटा मुद्धाको लगत रहेको थियो । त्यसमध्ये ११८० वटाको फैसला भएको छ भने ४२२ वटाको फैसला हुन बाँकी रहेको स्रेस्तेदार सिंहले जानकारी दिए । महिलाहरुले सम्बन्ध विच्छेद र अंशवण्डाको मुद्धाहरु संगै दिँदा कतिपय सम्बन्ध विच्छेदका मुद्धाहरु अंशवण्डामा गनिएको बताइएको छ । सम्बन्ध विच्छेदको मुद्धा दिनेमा अधिकांश महिलाहरु छन् । सम्बन्ध विच्छेदका १० वटा मुद्धालाई हेर्दा ८ वटा मुद्धा महिलाले दिने गरेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्