झापा , साउन २८ । झापाको भद्रपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे भद्रपुर नगरपालिका वडा न.१ स्थित देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो । खोलामा खेल्ने क्रममा ती बालक डुबेको स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

कानुनी प्रकृयापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालको शबगृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्