झापा , साउन २८ । नेपालबाट भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले बरामद गरेको छ ।

गएराति ११.३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ पिङ्कीठ्याकमा नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई लाँदै गरेको १९ काटुन चाइनिज लाइटर बरामद गरेको हो । अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको लाइटर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै राति ९.३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी १ लाख ५१ हजार ९८० रुपैयाँ बराबरको किराना सामान तथा कपडा बरामद गरेको छ । ती सामान पनि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्