बिर्तामोड, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रगत दान गरेका छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ४८ जनाले रगत दान गरेका हुन् ।
रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी नेत्रबिक्रम बिमलीले ११६ औं पटक रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा अस्पतालका कर्मचारी एवं सर्वसाधारणले रक्तदान गरेका थिए ।