झापा, साउन २९ । यही साउन ३२ गते आयोजना हुने परियार सेवा समाजको सम्मेलनमा पाँच जनालाई सम्मान गरिने भएको छ ।

यसअघि भदौ १ गते गरिने भनिएकोमा विविध प्राबिधिक कारणवस साउन ३२ गते शुक्रवार पूर्वनिर्धारित कनकाई –१ स्थित दुर्गापुरको दलित सामुदायिक भवनमा सम्मेलन गरिने समाजका सचिव वीरु दर्नालले बताए । सम्मेलनमा समाजका विभिन्न क्षेत्रका पाँच जना ब्यक्तित्वलाई सम्मान गरिने समाजका अध्यक्ष भोला परियारले जानकारी दिए । पहिलो महिला अटो मेकानिक तथा नेतृ नीरु परियारसहित पाँच जनालाई सम्मान गरिने भएको हो ।

सम्मानित हुन लागेका अन्यमा सहकारीकर्मी पोषक मोते , समाजका पूर्वसचिव तथा निवृत्त शिक्षक गजेन्द्र नेपाली , शिक्षक रन्जित परियार र महिला नेतृ सावित्रा बर्देवा रहेका छन् ।

पाँचौं राष्ट्रिय सम्मेलनको तयारीस्वरुप झापामा तेस्रो सम्मेलन गरिन लागेको बताईएको छ । समाजका कोशी प्रदेश इन्चार्ज धर्म नेपाली सम्मेलनको प्रमुख अतिथि रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्