झापा , साउन २९ । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएको छ।


मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोक्तान आज बेलुका ५ बजे चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए।

सोही क्रममा करेन्ट लागेर घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो। अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनापश्चात् जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानका लागि पुगेको पूर्व वडाध्यक्ष होम चुडालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्