झापा, साउन ३० । शैक्षिक सत्र २०७९ बाट नयाँ व्यवस्थापनका साथ बिर्तामोड–३ स्थित शान्ति टोलमा सञ्चालन हुँदै आएको नवोदय शिक्षा सदनको नाम परिवर्तन भएर इन्भेन्चर एजुकेशन एकाडेमी भएको छ ।

विद्यालयको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी राखिएको विद्यालयका संस्थापक अमृत बस्नेतले बताए । आफ्नो निजी स्वामित्वमा रहेको १३ कठ्ठा जमिनमा फैलिएको यस विद्यालयको २ वटा आधुनिक र सुविधासम्पन्न भवन रहेको छ । फराकिलो खेलमैदान भएको यस विद्यालयमा २ वटा सवारीसाधनको व्यवस्था रहेको बस्नेतले बताए । विद्यालयभित्र नै चमेना गृहको व्यवस्था गरिएको र फराकिला कक्षाकोठाको व्यवस्थापन भएको आफ्नो विद्यालयमा सुविधासम्पन्न शौचालयको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए ।

प्रविधिमैत्री शिक्षा प्रणालीलाई जोड दिँदै विद्यालयमा कम्प्युटर प्रयोगशालाको पनि व्यवस्था गरिएको छ । साथै विद्यालयमा विज्ञान प्रयोगशालाको पनि व्यवस्था गरिएको छ । दक्ष तथा अनुभवी, तालिमप्राप्त २० जना शिक्षक १३ जना अन्य कर्मचारी र ४ जना अतिरिक्त क्रियाकलापतर्फका शिक्षकहरुको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । विद्यालयले पूर्व प्राथमिक तहका लागि दिवा खाजाको पनि व्यवस्था गरेको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, गायन, संगीत, चित्रकला, कराते र अन्य विभिन्न खालका सीपमुलक तालिम पनि दिँदै आएको बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्