झापा,साउन ३१ । जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्देश्य राखेर कोशी प्रदेश सरकारले ’हेल्लो सीएम’ सेवा सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ’हेलो सीएम’ सेवाको सुरुवात गरेका हुन् । प्रदेश सुशासन ऐन, २०७६ अनुसार यो सेवा सुरु गरिएको हो ।


२४ घण्टा जनताको गुनासो सुन्न सक्ने गरी व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री कार्कीले यसले शासकीय सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ’सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन ’हेलो सीएम’ कार्यक्रम महत्वपूर्ण हुने विश्वास छ,’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले वर्तमान सरकारले शासकीय सुधारमा उल्लेख्य काम गरेको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्