झापा, साउन ३२ । बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् ।

अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका हुन् । उनी २२ दिनअघि पक्राउ परेका थिए । गत साउन १० गते बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्यसको भोलिपल्ट उनी पक्राउ परेका थिए । बिर्तामोड–४ निवासी पाण्डे पूर्वप्रहरी पनि हुन् ।

कराते खेल्न आएकी बिर्तामोड–६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्