झापा, भदौ १ । अध्ययनका लागि क्यानाडा गएका झापाका एकजना विद्यार्थी एक सातादेखि सम्पर्कविहीन भएको टोरन्टो प्रहरीले जनाएको छ ।

झापाका २२ वर्षीय प्रजल (थर उल्लेख गरिएको छैन) अगस्ट ८ (साउन २२) देखि टोरन्टो क्षेत्रबाट हराएको भनेर टोरोन्टो प्रहरीले फेसबुकमा सूचना निकालेको छ ।

टोरन्टो पुलिस अपरेसन सेन्टरका अनुसार पातलो शरीर, ५ फुट ५ इञ्च उचाई र कालो कपाल भएका उनी टोरन्टोको वार्डेन एभेन्यु र सेन्ट क्लेयर एभेन्यु इस्ट क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।

उनको सुरक्षाका विषयमा प्रहरीले चिन्ता गर्दै कुनै जानकारी भए खबर गर्न आग्रह गरेको छ । दुई वर्षअघि क्यानाडा गएका प्रजल टोरन्टो क्षेत्रको एउटा कलेजमा अध्ययन गर्दै थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्