झापा,भदौ १ । कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएको थियो। यो घटनाको विरोध गर्दै भारतभरका चिकित्सकहरूले आज विरोध प्रदर्शन गरिरहेका छन् ।
इन्डियन मेडिकल एसोसिएसनले कोलकाता घटनाको विरोधमा अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गरेको छ ।

सूचनामा आईएमएले लेखेको छ– ’हामीले अगस्ट १७ मा बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द गर्ने निर्णय गरेका छौँ । यस अवसरमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहनेछ। इमर्जेन्सी सेवाहरू जारी रहने बताइएको छ।’

आईएमएको हडतालसँगै भारतभरका सरकारी अस्पतालमा काम ठप्प भएको जनाइएको छ । चिकित्सा सेवा बन्द हुँदा विभिन्न सहरका बिरामीले निकै समस्या भोग्नु परेको जनाइएको छ ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मुम्बईको जियोन अस्पतालमा बिरामीका आफन्तले भने, ’हामीले समस्याको सामना गरिरहेका छौं। यहाँ वार्ड पनि बन्द छ । कोलकातामा भएको घटनालाई लिएर चिकित्सकहरु हडतालमा छन् । पहिलेको तुलनामा डाक्टरको संख्या पनि कम छ ।’कोलकाता घटनामा सीबीआईले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्