झापा,भदौ १ । थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ । शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।
रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिएको हो । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

टोलीमा रहेकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन्, ‘स–साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुईवटा फुटेको रहेछ । अरु दुईवटा जोखिममा देखियो । एउटा भने सुरक्षित रहेको छ ।’

यसले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्