झापा, भदौ १ । भारतबाट लागूऔषध भित्र्याउँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेका छन् ।

आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा न. ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका बुद्धशान्ति ४ बुधबारे बस्ने ३१ वर्षीय द्रोणबहादुर बेघालाई लागूऔषधसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई छिपाई राखेको कालो रङको प्लाष्टिकको पोकामा १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै आज बिहान १०ः३० बजे मेची पुलमै भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका मेचीनगर १० शान्तिटोल बस्ने ३० वर्षीय सुरेन्द्र गुरुङ २ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्