झापा , भदौ २ । गएराति आएको हावाहुरीले झापाको मेचीनगर नगरपालिका वडा न.१५ कालिकाघारस्थित बैभब टी इस्टेट प्रालिको चिया फ्याक्ट्रीको छानो उडाएको छ ।

राति ९ बजेतिर पानीसँगै आएको हावाहुरीले प्रदिप मितलले संचालन गरेको बैभब टी इस्टेट प्रालिको चिया फ्याक्ट्रीको ५५ वटा टिनको जस्तापाता उडाई फ्याक्ट्रीभित्र रहेको ४ हजार केजी तयारी चिया पानीले भिज्दा अन्दाजी ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति आएको हावाहुरीले झापामा ठूलो क्षति गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्