भद्रपुर, भदौ २ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओपिडी सेवाको शुरुवात गरेको छ ।

वटुकहरुद्वारा स्वस्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आजबाट विधिवतरुपमा ओपिडी सेवाको शुभारम्भ गरेका हुन् ।

ओपिडीमा विरामीहरुको अत्यधिक चाप हुने हुँदा पहिलो चरणमा नयाँ भवनमा ओपिडी सेवाको शुरुवात गरिएको र सम्पूर्ण सेवाहरु नयाँ भवनबाट क्रमशः प्रदान गरिने डा. खडकाले बताए । भवनसंगै स्वास्थ्य सामग्री र उपकरणहरू पनि आवश्यक पर्ने भएकाले व्यवस्थापन गरेर अन्य सेवा संचालन गरिने उनले बताए ।

२२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँको लागतमा एक वर्षअघि नै सो भवन निर्माण भएको थियो । मर्मत संभार गरेर सो भवनलाई उपयोगमा ल्याइएको हो । नयाँ अस्पताल भवनको माथिल्लो तला थप्नका लागि यस वर्ष २ करोड बजेट छुट्टिएको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई माथिल्लो तलाको काम अघि बढाइने खडकाले वताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्