झापा,साउन २ । गत आर्थिक वर्ष २०८०–८१ भरीमा १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

१९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

असार महिनामा मात्रै एक खर्ब १७ अर्ब ८० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो जेठ महिनामा भित्रिएकोभन्दा करिब ११ अर्ब रूपैयाँले कम हो।

वार्षिक आधारमा भने १६.५ प्रतिशतले रेमिटेन्स बढेको हो। गत आर्थिक वर्ष २०७९÷८० मा १२ खर्ब ४० अर्ब रेमिटेन्स भित्रिएको थियो।
रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १३ प्रतिशतले बढेको हो।

वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.३४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा भने सात लाख ४१ हजारले नयाँ र पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यस्तो स्वीकृति लिनेको संख्या ७ लाख ७४ हजार थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्