झापा, भदौ २ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा पावरटेक कम्प्युटर बिर्तामोडका संचालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्स्टिच्युटका शिक्षक नारायण खनाल रहेका छन् । बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत एक जना छात्रालाई यौन दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले हिजो बेलुका मेचे र खनाललाई पक्राउ गरेको हो। कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले बाल यौन दुरुपयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लैजाने, आइफोन किनिदिनेजस्ता प्रलोभन देखाउने, संवेदनशील अंगमा छुने,सुम्सुम्याउने , व्याक टच गर्ने ,नदिए ओजेटीको प्रमाणपत्र नदिनेजस्ता धम्की देखाएपछि विद्यार्थीले अभिभावकलाई सुनाएका थिए । लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएसंगै प्रहरीलाई खवर गरेका थिए ।

पक्राउ परेका उनीहरुविरुद्ध आज बाल यौन दुरुपयोग मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए । विद्यार्थीहरु ५० दिनको लागि ओजेटीमा पावरटेक कम्प्युटरमा सिक्न गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्